खेलकुद

आइपिएलमा धमाकेदार ब्याटिङ : बैंगलोरविरुद्ध एउटै इनिङमा हैदरावादको दुई शतक

वार्नर
चैत १७, २०७५

    इन्डियन प्रिमियर लिगको आइतबारको खेलमा धमाकेदार ब्याटिङ देख्न पाइएको छ। भुवनेश्वर कुमार कप्तान रहेको सनराइजर्स हैदरावादले विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको एउटै इनिङमा दुई शतक प्रहार भएको छ।

    हैदरावादका लागि दुई विदेशी खेलाडीले शतक प्रहार गरेका छन। टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादका जोनी बेयरेस्टो र डेभिड वार्नरले शतक प्रहार गरेका छन।

    राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियमा हैदरावादमा भएको खेलमा बेयरेस्टोले ५६ बलमा ११४ रन प्रहार गरेका थिए भने वार्नरले ५५ बलमा नटआउट १०० रन प्रहार गरेका थिए।

    बेयरेस्टो

    दुई शतकको मद्दतमा हैदरावादले कोहलीको बैंगलोरसामू २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    हैदरावादका दुई खेलाडीमात्र आउट भएका थिए। जसमा एक विकेट युजवेन्द्र चहलले लिए भने अर्को एक विकेट रनआउट भएको थियो।

    आइपिएलको १२औँ सिजनसम्म पुग्दा अहिलेसम्म चार शतकमात्र भएका छन। १२औँ सिजनमा मात्रै तीन शतक प्रहार भएका छन। जसमध्ये आजको एउटै इनिङमा मात्र दुई शतक प्रहार भएका हुन।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]