राजनीति

हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी टुंग्याइने

चैत १७, २०७५

    हेटौंडा : प्रदेश ३ को स्थायी राजधानी कायम गर्ने विषयले औपचारिक रुपमा प्रदेशसभाको बैठकमा प्रवेश पाएको छ।

    आइतबारबाट सुरु भएको ३ नम्बर प्रदेशसभाको हिउँदे अधिवेशनले औपचारिकरूपमा प्रदेशसभामा स्थायी राजधानी कायम गर्ने विषयले प्रवेश पाएको हो। यसअघि विभिन्न समयमा कार्यव्यवस्था परामर्श समिति प्रदेशको स्थायी राजधानीबारे सदनमा प्रवेश गराउने सहमति भए पनि हुन सकेको थिए।

    आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताले प्रदेशको स्थायी राजधानीको विषयलाई सदनमा औपचारिक रूपमा प्रवेश गराउनुपर्ने बताएसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको हिउँदे अधिवेशनबाट टुंग्याउने गरी प्रदेशको स्थायी राजधानी तोक्ने कार्यविधि र प्रक्रिया अगाडि बढाइएको जानकारी गराए। प्रदेशको हिउँदे अधिवेशन वैशाख ७ गतेभित्र सक्ने तयारी भइरहेको बताइएको छ।

    ‘अबको २० दिनभित्रमा कार्यविधिअनुसार प्रक्रिया अगाडि बढाएर प्रदेशको स्थायी राजधानी तोक्ने तयारी अगाडि बढ्यो’, प्रदेश ३ का सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए। प्रदेशसभा अगाडि बसेको नेकपा र प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसको संदसीय दलको बैठकले समेत प्रदेशको स्थायी राजधानी हिउँदे बैठकभित्रै तोक्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। 

    पुस ११ गतेबाट स्थगित भएको प्रदेशसभाको तीनमहिना पाँच दिनमा बसेको हो। प्रदेशसभा बैठकमा सम्बोधन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा संवेदनशील भएको बताउँदै यस विषयलाई सवैले सहमतिमै टुंग्याउन जरुरी रहेको औंल्याए। ‘यस विषयलाई विवादमा ल्याउनु हुँदैन। हामी विभाजित भएर होइन।

    एकजुट भएर प्रक्रियागत ढंगबाट यस विषयलाई टुंग्याउन जरुरी रहेको छ’, मुख्यमन्त्री पौडेलले भने। उनले हिउँदे अधिवेशन बढीमा २० दिन चल्ने बताए। ‘अब यस विषयलाई टुंग्याएर प्रदेशका लागि आवश्यक पर्ने सवै भौतिक संरचना तयार गर्नु पर्ने छ। राजधानीको विषयमा निर्णय गर्न नसक्ने सरकार भनेर हाम्रो टिप्पणी भइरहेको छ’, उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]