समाज

एक हजार ३५७ स्थानमा सिसी क्यामरा जडान

चैत १७, २०७५

    काठमाडौँ : नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा एक हजार ३५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ।

    अपराध नियन्त्रण गर्ने उद्देश्यले आर्थिक वर्ष शुरुआतदेखि अहिलेसम्म विभिन्न संघ संस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। 

    प्रवक्ता सुवेदीका अनुसार प्रदेश १ मा १५७, प्रदेश २ मा १९१, प्रदेश ३ मा ८५, गण्डकी प्रदेशमा १४५, प्रदेश ५ मा २२५, कर्णाली प्रदेशमा २१२ र सुदूर पशिचम प्रदेशका १६५ स्थानमा क्यामरा जडान भएका छन्। महानगरीय प्रहरी कार्यालयअन्तर्गत १७७ स्थानमा सिसी क्यामरा जडान गरिएको छ। उनले सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै प्रहरीले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएकोे बताए।

    अहिलेसम्म विभिन्न संघ संस्थाको सहयोगमा एक हजार १२३ र प्रहरीको आफ्नै बजेटबाट २३४ स्थानमा क्यामरा राखिएको छ। सोमा ९२५ क्यामरालाई भने प्रहरीले आफैँ निगरानी गर्दै आएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहबाट आवश्यक बजेट छुट्याएर क्यामरा राख्ने कामसमेत भइरहेको छ। अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता गरी प्रहरी र समुदायले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा समाजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। 

    कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]