समाज

घोराहीका शिक्षकलाई अन्यत्र पढाउन रोक, २३ विद्यालय मर्जरको प्रस्ताव

चैत १७, २०७५

    दाङ : घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकलाई विद्यालय समयमा अन्यत्र कोचिङ, ट्युसन र निजी विद्यालयमा गएर पठन-पाठन गर्नमा रोक लगाउने निर्णय गरेको छ।

    आइतबार बसेको ५२औँ नगर कार्यपालिकाको बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षकले अन्यत्र गएर पढाउने गरेको पाइएको भन्दै बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालयमै रहने र अन्यत्र गई कोचिङ, ट्युसन र निजी विद्यालयमा पढाउने कार्यलाई कडाई गर्ने निर्णय गरेको हो।

    विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकसँग समन्वय नै नगरी अन्यत्र कोचिङ सेन्टर र निजी विद्यालयहरूमा गएर पढाउँदा सम्बन्धित विद्यालयको पढाइमा गम्भीर असर परेपछि यस्तो निर्णय गरिएको प्रवक्ता तथा शिक्षा समिति संयोजक भरत अर्यालले जानकारी बताए।

    बैठकले विद्यालय समयमा विद्यालयमै रहन र अन्य समयमा व्यवस्थापन समितिसँगै प्रधानाध्यापकसँगको अनुमति लिएर मात्रै कार्यहरू गर्न भन्ने गरी सबै विद्यालयमा पत्राचार गर्ने निर्णय भएको उनले बताए।

    त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठकले नगरभित्रका २३ वटा सामुदायिक विद्यालय मर्जको प्रस्ताव पारित गरेको छ। नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले विद्यार्थी संख्या न्यून रहेका २३ विद्यालय मर्जरकाे प्रस्ताव गरेको हो।

    नगर सभाले पारित गरेपछि आगामी शैक्षिक सत्रबाट यो लागू हुने शिक्षा संयोजक देवराज विकले बताए। उनले शैक्षिक गुणस्तर वृद्धिका साथै राज्यको लगानीको सदुपयोग होस् भन्नका लागि यस्तो प्रस्ताव गरिएको बताए। उनले विद्यालय मर्ज भए पनि शिशु कक्षा यथावत रहने बताउँदै क्रमशः विद्यार्थी संख्या बढ्दै गए विद्यालय सञ्चालन गरिने बताए।

    नगर कार्यपालिकाको वैठकले चैत्र २० गतेभित्र योजना शीर्षकान्तर गर्ने योजनाको संशोधन प्रस्ताव पेश गर्नु पर्ने निर्णय गरेको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले बताए। उनले उपमहानगरपालिकाले सञ्चालन गर्न थालेको मेट्रो कलेजको भवन निर्माणको काम अगाडि बढाउने प्रस्ताव समेत गरेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]