समाज

गुण्डा नाइके दीपक मनाङे पक्राउ

फाइल फोटो
असार १७, २०७३

    काठमाडौं : पछिल्लो समय नेपाल प्रहरीले गुण्डा विरुद्धको कारबाहीलाई तीव्र पारिरहेकै बेला गुण्डा नाईके दीपक मनाङेलाई पक्राउ गरेको छ । बिहीबार राति मनाङेसहित उनका दुई सहयोगीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौं परिसरका प्रहरी प्रमुख विक्रम सिंह थापाका अनुसार प्रहरीले मनाङेसहित उनका सहयोगी राजिवकुमार सिंह र अर्का एकलाई पक्राउ गरेको छ । काठमाडौका विभिन्न ठाउँमा थर्काउँदै पैसा असुलेको भन्दै उनका विरुद्धमा उजुरी परेको थियो । 

    सम्पति शुद्धीकरणमा मुद्दा खेपिरहेका मनाङेले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यससँगै  मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको अराेप लागेकाे थियाे । साे उजुरीका अाधारमा उनलाइ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । उपत्यकामा सक्रिय अन्य गुण्डा नाइकेहरुलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]