मनोरञ्जन

आमा बन्दै करिना, डिसेम्बरमा बच्चा जन्माउने

असार १९, २०७३

    मुम्बई- केही सातायता सार्वजनिक कार्यक्रममा देखा पर्न छाडेकी अभिनेत्री करिना कपुर आमा बन्दैछिन्। उनका पति एवं अभिनेता सैफअली खानले यो कुरा पुष्टी गरेका छन्। आफ्नो नयाँ सन्तान हुन लागेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।
    सैफअलीले भने, 'तपाईंहरु सबैको आर्शिवाद र साथको लागि धन्यवाद, डिसेम्बरमा हाम्रो पहिलो सन्तानको यो धर्तीमा आगमन हुने कुरा सुनाउन पाउँदा मलाई खुसी लागेको छ र मिडियालाई पनि सम्मानित व्यवहार एवं यो बिषयको धैर्यताको लागि धन्यवाद।'

    आमा बन्ने भएपछि उनी केही समयदेखि आराम गरिरहेको पनि सैफअलीले बताएका छन्। 'पछिल्लो समय उनले फिल्महरु स्वीकार नगर्नुको कारण पनि गर्भवती हुनु नै हो।' उनले भने ।
    सन २०१४ मा सैफअली र करिनाको विवाह भएको थियो। त्यसपछि फिल्ममा फर्किएकी करिनाले बजरंगी भाइजानसहित केही फिल्म खेलेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]