राजनीति

सातौँ पटक सदन अवरुद्ध गर्ने तयारीमा विपक्षी दल

पुस ७, २०७३

    काठमाडौं : व्यवस्थापिका संसदको बिहीबार बस्ने बैठक पनि पनि प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलले अवरुद्ध गर्ने भएका छन्। संसदको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले आफूहरुको माग सम्बोधनमा सरकारले कुनै प्रयास नगरेकाले संसदको अवरोध कायमै रहने बताए। 

    तीन दिन भित्र सहमति खोज्ने भन्दै सोमबार सभामुखसँगको छलफलबाट बाहिरिएका प्रमुख दलका शीर्ष नेताहरु त्यसपछि एक पटक पनि छलफलमा नबस्दा गतिरोध यथावत छ। बिहीबार पनि प्रधानमन्त्रीको राजनीतिक छलफलको कार्यक्रम नरहेको उनको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री दिउँसो संसद बैठक बस्ने समयमा धादिङ महोत्सव उद्घाटन गर्न जाने कार्यक्रम तालिका सचिवालयले सार्वजनिक गरेको छ। 

    एमालेसहितका दलहरुले संविधान संसोधन विधयेक पेश गर्न नदिने भन्दै संसद बैठक तीन साता देखि लगातार अवरुद्ध गर्दै आएका छन्। संसद सचिवालयले भने संसोधन विधयेक र निर्वाचन सम्बन्धी कानुनलाई अघिल्लो बैठककै कार्यसूचीमा राखिसकेको छ। 

    संसोधन प्रस्ताव दर्ता भएपछि अहिलेसम्म ६ पटक संसद बैठक अवरुद्ध भइसकेको छ भने एक पटक सूचना टाँसेर स्थगित गरिएको थियो। 

    यसैबीच, गतिरोध हटाउने विषयमा सभामुख ओनसरी घर्तीले संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्। दिउँसो साढे १२ बजे बस्ने बैठकमा संसद संचालनको वातावरण बनाउन पहल गर्ने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]