खेलकुद

हारसँगै श्रीलंकाको सेमिफाइनल यात्रा सम्भावना क्षीण

असार १४, २०७६

    एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकको सेमिफाइनलमा पुग्ने सम्भावना क्षीण बनेको छ। शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भएपछि श्रीलंकाको अघिल्लो खेलमा जाने सम्भावना कम रहेको छ।

    श्रीलंकालाई सेमिफाइनलमा पुग्न उसले आफ्नो बाँकी दुवै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन। अंक तालिकामा माथि रहेको अन्य टोलीको पराजयको प्रतीक्षा पनि गर्नुपर्ने छ।

    चेस्टर ली स्ट्रिटस्थित रिभरसाइड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९.३ ओभरमा २०३ रनको योगफलमै समेटिएको थियो। जवाफमा दक्षिण अफ्रिकाले ३७.२ ओभरमा मात्रै एक विकेट गुमाएर जित निश्चित गरेको हो।

    दक्षिण अफ्रिकाको जितमा कप्तान फफ्फ दु प्लेसिसले अविजित ९६ तथा हसिम अम्लले अविजित ८० रनको योगदान दिए।

    यी दुई खेलाडीले दोस्रो विकेटका लागि अविजित १७५ रनको साझेदारी गरेका थिए। त्यसअघि दक्षिण अफ्रिकाका क्रिस मोरिस र ड्वाइनी प्रेटोरियसले तीन–तीन विकेट लिएपछि श्रीलंका सस्तो योगफलमै रोकिएको हो।

    श्रीलंकाका लागि कुशल पेरेरा र अभिस्का फर्नान्डोले समान ३०÷३० रन जोड्नबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

    धनन्जय डी सिल्भा २४, कुशल मेन्दिस २३, थिसरा पेरेरा २१, जीवन मेन्दिस १८, इशुरु उदना १७ र एञ्जेलो मेथ्युज ११ रनमा आउट भए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    दक्षिण अफ्रिकाका काजिसो रबडाले थप दुई विकेट लिए। श्रीलंकाका लासिथ मालिङ्गाले मात्रै दक्षिण अफ्रिकाको एक विकेट लिएका थिए। प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको दक्षिण अफ्रिकाका लागि यो मात्रै दोस्रो जित हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]