समाज

आजदेखि देशभर वृक्षारोपण अभियान, प्रधानमन्त्रीद्वारा थालनी

असार १४, २०७६

    काठमाडौं : सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान थाल्दैछ। हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी तीन वर्षभित्र ३ करोड  बिरुवा रोप्ने योजना अघि सारेको हो।

    सरकारको एक नेपाली एक फलफूलको वृक्षारोपण अभियानलाई मूर्तरूप दिन वृक्षारोपण दिवसमार्फत फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यलयले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले काठमाडौँ उपत्यकाको चक्रपथ आसपासका क्षेत्रमा फलफूलका बिरुवा रोपेर अभियान आरम्भ गर्ने कार्यक्रम तय गरिएको छ। कोटेश्वरदेखि कलंकीसम्म फलफूलका बिरुवा रोपिनेछन्।

    सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ। यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ।

    सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य  बिरुवा रोप्ने निर्णयसमेत गरेको छ। प्रधानमन्त्री ओलीले गत वर्ष जुन ५ तारिखदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थालेका थिए। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सबै विद्यालयहरुलाई वृक्षारोपण सहभागी हुन निर्देशन दिएको छ।

    केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालय हाता भित्र र बाहिर फलफूलका बिरुवा रोपेर आजैदेखि वृक्षारोपण अभियान शुभारम्भ गर्न गराउन सबै विद्यालय र शिक्षा विकास समन्वय इकाईहरुलाई निर्देशन दिइएको बताउनु भएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]