काठमाडौं : कोपा अमेरिकाको समूह विभाजन गरिएको छ। यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल ...
विश्वकपमा शनिबार दुई खेल हुँदै छन्। प्रतियोगिताको ३६ औं खेलमा लीड्समा पाकिस्तान र अफगानिस्तान प्रतिष्पर्धा गर्दा ३७ औं खेलमा लर्डसमा अस्ट्रेलिया र न्युजिल्यान्ड प्रतिष्पर्धा गर्दै छन्।
अंक तालिकामा शिर्ष स्थानमा रहेको अस्ट्रेलिया पहिलो, न्युजिल्यान्ड तेस्रो स्थानमा रहँदा पाकिस्तान छैटौं र अफगानिस्तान १० औं स्थानमा रहेका छन्। यसअघि २४ मेमा भएको विश्वकपको अभ्यास खेलमा भने अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले हराएको थियो। तर जारी विश्वकपमा अफगानिस्तान एक खेलपनि जित्न असफल भएको छ।
पहिलोपटक विश्वकपमा
पाकिस्तान र अफगानिस्तान पहिलो पटक विश्वकपमा प्रतिष्पर्धा गर्दै छन्। पाकिस्तानले यो प्रतियोगितामा अहिलेसम्म ठ खेल खेलेको छ। जसमा ३ खेलमा जित र ३ खेलमा हार ब्योहोरेको छ। एक खेल वर्षाका कारण रद्ध भएको थियो।
सेमिफाइनलको दौडमा कायम रहनका लागि पनि उसले कुनैपनि हालतमा यो खेलमा जित निकाल्नै पर्ने हुन्छ। जितले पाकिस्तानको ९ अंक हुने छ। दोस्रो तर्पm अफगानिस्तान भने सेमिफाइनलको दौडबाट निकै अघिनै बाहिरिसकेको छ।
अफगानिस्तान प्रतियोगिताको आठौं खेल खेल्दै छ। कम्तीमा प्रतियोगितामा एक जितका लागि अफगानिस्तान पाकिस्तान विरुद्ध मैदानमा उत्रने छ।
वर्षाको संभावना छैन्
बर्मिङघममा खेलका दौरान बादल छाएपनि बर्षाको संभावना छैन्। तापक्रम १७ देखि २१ डिग्रि सेल्सियस रहने छ। यो मैदानमा ४५ मा २४ पटक रन चेज गर्ने टिमले जित निकालेको छ।
जट जित्ने टिमका लागि अहिलेको अबस्थामा ब्याटिङ पहिले गर्नु लाभदायक रहने छ। पाकिस्तान र अफगानिस्तानबिच अहिलेसम्म अन्तराष्ट्रिय खेलमा कुल ३ पटक प्रतिष्पर्धा भएको छ र सबै खेलमा पाकिस्तान विजयी भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।