काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको...
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा शनिबार मध्यान्ह अज्ञात व्यक्तिले चलाएकाे गोली प्रहारबाट एक मजदुर घाइते भएका छन्। मोटरसाइकल चढेर आएका दुई जनाकाे समूहले प्रहार गरेको गोली लागि सोही ठाउँका ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन्।
पाखुरामा एक गोली लागेर घाईते महतोलाई नवलपुरको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी वीरगञ्ज 'रिफर' गरिएको प्रहरीले जनाएको छ। शनिबार मध्यान्ह सबा १२:३० बजेतिर गाउँको ब्रह्मस्थान मन्दिरमा निर्माणको काम गरिरहेका बेला महतोमाथि गोली प्रहार भएको स्थानीयवासीले बताए। उनीमाथि गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन।
घटनास्थल नवलपुर चोकबाट करिव डेढ किलोमिटर उत्तरतर्फ पर्छ। घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।