काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्...
काठमाडौं : यस साता उतारचढावपूर्ण कारोवार भयो। अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसुचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा पुगेर बजार बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोवार भए। कूल १७४ कम्पनीको शेयर साताभर कारोवार भए।
यस साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ०१ अंकले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । सो दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अंकले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ।
नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकम समेत घट्यो। कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए।
यस्तै सोमबार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०।१० अंकमा पुग्यो। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।४४ बिन्दुले बढेर २७१.०४ मा पुग्यो। सो दिन नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन। कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए।
मङ्गलबार नेप्से परिसूचक ०।९६ विन्दुले बढेर एक हजार २६१।०७ अंकमा पुग्यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४ बिन्दुले बढेर २७१।४४ मा पुग्यो। सामान्य अंकले बढेको बजारमा त्यस दिन कारोवार रकम भने सामान्य देखियो। कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए।
सोमबार र मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो। त्यस दिन परिसूचक २।७८ अंकले घटेर एक हजार २५८.२९ विन्दुमा झर्यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अंकले घटेर २७०.८१ मा पुग्यो। नेप्से परिसूचक घटे पनि कारोवार रकम भने वृद्धि भयो। कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए।
साताको अन्तिम दिन बिहिबार परिसूचक १।१४ अंकले घटेर एक हजार २५७.१५ बिन्दुमा पुग्यो। त्यस दिन नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अंकले वृद्धि भयो। कूल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता शेयर६२ करोड ७९ लाख आठ हजार ८१२ मा खरीद बिक्री भए।
यससाता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो। बजार पूँजीकरणका आधारमा नेपाद दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे। यस साता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख चार हजार ६५१ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।