समाज

व्यवसायीले भने : खानेपानी, विद्युत्‍लगायतका समस्या समाधान नभए कर तिर्दैनौँ

File Photo
असार १४, २०७६

    रुकुम : रुकुम पश्चिम सदरमुकाम खलंगाका व्यापारीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर कर तिर्न असहमत भएका छन्। विभिन्न व्यावसायिक संगठनले स्थानीय तहमा व्यवसाय दर्ता नगर्न मातहतका व्यवसायीलाई अनुरोधसमेत गरेका हुन्।

    मुसीकोटको खानेपानी, विद्युत, सरसफाइ र सुरक्षा लगायतका समस्या समाधान गर्न लामो समयसम्म पनि स्थानीय सरकार जिम्मेबार नबनेको भन्दै व्यवसाय दर्ता र कर नतिर्ने बताएका हुन्।

    नगरपालिकाले पटकपटक सूचना प्रकाशन गरेर नगरभित्रमा रहेका सम्पूर्ण व्यापार व्यवसाय नगरमा दर्ता गरेर मात्र व्यवसाय संचालन गर्न भने पनि व्यवसायी सहमत नभएका हुन्। पटकपटक नगरपालिका र व्यापारीबीच छलफल भए पनि समस्या समाधान नभएसम्म करसमेत नतिर्ने व्यावसायिक संगठनले चेतावनी दिएका छन्।

    विज्ञप्ति जारी गरेर करको विरोध गर्नेमा विभिन्न आधा दर्जन बढी व्यावसायिक संघसंगठन रहेका छन्। यसमा काँचो कपडा तथा तयारी पोसाक व्यवसायी संघ, इलेक्ट्रोनिक व्यापार संघ, मदिरा व्यवसायी संघ, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, एग्रोभेट संघ, होटेल व्यवसायी संघ, हार्डवेयर संघ, सीप, कला तथा सुनचाँदी व्यवसायी संघ, सिलाइकटाइ व्यवसायी संघ र मासु व्यवसायी संघ रहेका छन्।

    स्थानीय सरकार स्थापना भएको २ वर्षमा पनि जनताको आधारभूत आवश्यकतासमेत पूरा नगरेकोले व्यवसायीले साथ नदिएको मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काले बताए। स्थानीय सरकारले व्यावसायीलाई सहयोग गर्नुको साटो एकपक्षीय निर्णयमार्फत व्यवसाय तहसनहस बनाउने खेलमा रहेका कारण आफूहरूको साथ नभएको भनाई छ।

    उता, मुसीकोट नगरपालिकाकी उपमेयर प्रेमकुमारी सुनारले व्यवसायीले व्यवसाय दर्ता नगर्ने र कर नतिर्ने निर्णय गर्नु गैरजिम्मेवार कदम भएको बताइन्। स्थानीय तहको नियममा बस्दैनौँ, कर तिर्दैनौँ, व्यवसाय दर्ता गर्दैनौँ भन्नु गैरजिम्मेवारीपूर्ण कदम भएको उनको भनाई छ। स्थानीय सरकारले व्यवसायीसँग वार्ता र छलफलमार्फत समस्याको समाधान गर्ने नगरपालिकाले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]