राजनीति

मदन भण्डारीको जस्तै हालत अर्को नेताको नहोला भन्न सकिँदैन : प्रचण्ड

'कांग्रेसको त्यो हैसियत बाँकी रहेन'

असार १४, २०७६

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मदन भण्डारीको सोच्ने शैलीलाई हामीले अनुशरण गर्नुपर्ने बताएका छन्। मदन भण्डारीको ६८ औँ जन्मजयन्तिमा आयोजित 'विचार गोष्ठी'मा उनले यस्तो बताएका हुन्।

    'योजना निर्माण गर्ने, कार्यान्वयन गर्ने तथा परिस्थितिलाई ठीक ढंगले विश्लेषण गरेर आत्मसात गर्ने व्यक्ति हुनुहुन्थ्यो। मदन भण्डारी जड र संकिर्ण सोच भएको व्यक्ति हुनुहुँदैनथ्यो', उनले भने।

    मदन भण्डारीको हत्या भएको थियो भन्ने कुरा गरे पनि हत्यारा को थियो यकिन साथ भन्न नसकेको पनि उक्त क्रममा बताए। 'मदन भण्डारीको हत्या भएको थियो भन्नेमा हामी सबै भन्छौ' उनले भने 'तर, किटेर हत्यारा को थियो भन्न सकेका छैनौँ। कहिले कुन विदेशी तत्त्व भनिरहेका छौँ कहिले कुन स्वदेशी भनिरहेका छौँ। तर, यहि हो भनेर भन्न सकिरहेको अवस्था छैन।' उनले अर्का नेताको पनि भण्डारीको जस्तै हालत हुनसक्ने भन्दै आशंका व्यक्त गरे।

    अध्यक्ष दाहाले दुई पार्टी मिलेर नेकपा बनेको भन्दै पार्टीको सफलता नै देशको सफलता हुने बताए। उनले एकता असफल भए विभाजनकारी शक्ति बलियो हुनेप्रति सचेत गराए। 'हामी असफल भयौँ भने मुलुक असफल हुनेछ। यो व्यवस्था असफल हुनेछ र विभाजनकारी शक्ति बलियो बन्नेछन्' उनले भने।

    नेकपा असफल भए मुलुक, व्यवस्था र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता भएको संविधान असफल हुने भन्दै उनले नेकपा र नेकपा सरकार सफल हुनुपर्ने धारण राखे। उनले नेकपाका नेता कार्यकर्तालाई एकअर्कालाई कुरा लगाउने प्रवृत्ति त्याग्नसमेत आग्रह गरे। 'तपाईं (नेकपाका नेता कार्यकर्ता)ले पनि हामीकहाँ आएर कुरा लगाउनु हुन्न। ऊ त खत्तम रहेछ भन्न हुँदैन। हामी पनि मान्छे हौँ, कुरा सुन्दा दिमाग खराब हुन्छ नै।'

    अध्यक्ष दाहालले नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसलाई नसोच्न आग्रह गरे। 'नेकपामा झगडा भएर सत्ता हामी कहाँ आउला भन्ने कांग्रेसले सोच्नै हुन्न' उनले भने, 'अहिले कांग्रेसको त्यस्तो हैसियत बाँकी रहेन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]