खेलकुद

स्वारेजलाई रोक्दै सेमिफाइनल पुग्न पेरूलाई चुनौती

असार १४, २०७६

    काठमाडौं : कोपा अमेरिकाको सेमिफाइनल प्रवेशका लागि १५ संस्करणको विजेता उरुग्वेले २ संस्करणको उपाधी जितेको पेरुको सामना गर्दैछ। कोपाको १०३ वर्षे इतिहासमा उरुग्वे सबैभन्दा सफल टोलीको रुपमा चिनिन्छ। उसले ११ संस्करणको दक्षिण अमेरिकी च्याम्पिनयसिप र ४ संस्करणको कोपा अमेरिका जितेको थियो।

    समूह चरणमा उत्कृष्ट प्रर्दशन गरेको उरुग्वेले उत्कृष्ट २ मा स्थान बनाएर नकाउट प्रवेश गरेको पेरुविरुद्ध कोपा अमेरिकामा २० औँ पटक प्रतिस्पर्धा गर्दैछ। यसअघि उसले दक्षिण अमेरिकी च्याम्पियनसिपमा १४ पटक र कोपा अमेरिकामा ६ पटक प्रतिस्पर्धा गरेको खेलमध्ये उरुग्वेले २  बराबरी र ६ हार व्यर्होरेको छ।

    उरुग्वेले पछिल्लो पटक सन २०११ संस्करणको उपाधी जितेको थियो। समूह चरणमा पेरुसँग १–१ को बराबरीमा रोकिएको उरुग्वे सेमिफाइनलमा २–० ले विजयी बन्दै फाइनल प्रवेश गरेको थियो। पेरुविरुद्ध २ गोल गर्ने लुइस स्वारेज शनिबार रातिको खेलमा समेत उरुग्वेको टिमबाट देखिनेछन्। सबै खेलमा गरी स्वारेजले पेरुविरुद्ध ६ गोल गरेका छन्।

    यता, पेरुले १९३९ को दक्षिण अमेरिकी च्याम्पिनयसिप जितेको थियो। दक्षिण अमेरिकी च्याम्पियनसिपबाट कोपामा रुपान्तरण भएको सन् १९७५ को पहिलो संस्करणसमेत पेरुले कोलम्वियालाई हराउँदै जितेको थियो। एथ्लिेटिको मड्रिडका डिएगो गोडिनले उरुग्वेको कप्तानी गर्दा पेरुलाई ब्राजिलियन क्लब इन्टरनेसियोनलका पाउलो गुएरोले गर्नेछन्।

    खेल नेपाली समय अनुसार आइतबार पौने १ बजे फोन्टे नोभा एरिनामा हुनेछ। उरुग्वे र पेरू बीचको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ। यसअघि डिफेन्डिङ च्याम्पियन चिली, ब्राजिल र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]