काठमाडौँ : काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्...
एजेन्सी : विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी अफगानिस्तानविरूद्ध ३ विकेटको जित दर्ता गराएको छ । जारी विश्वकपमा पाकिस्तानको यो लगातार तेस्रो जित हो ।
पाकिस्तानले पछिल्ला २ खेलमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पराजित गरेको थियो। यस जीतका साथ पाकिस्तानले सेमीफाइनलमा पुग्ने आशा जीवितै राखेको छ । अन्तिम ५ को दौडमा कायमै रहन अन्तिम खेलमा पाकिस्तानले बंगलादेशविरूद्ध स्पष्ट जित निकाल्नुपर्नेछ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभर ९ विटेक गुमाएर २२७ रन बनाएको थियो। पाकिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै २३० रन बनायो। पाकिस्तानका लागि इमाद वसीमले नटआउट रहँदै ४९ रन बनाए। वहाब रियाजले १५ रनको पारी खेले। बाबर-इमामले ७२ रनको साझेदारी गरे।
फख्र शून्यमै आउट भए। इमाम उल हकले ३६ रन बनाए। सर्फराज अहमदले १८ रन बनाए। मोहम्मद हफीजको नाममा १९ रन रह्यो। अफगानिस्तानका लागि इमाद वासिमले २, शाहीन साह अफ्रिदीले ४ र वाहाब रियाजले २ विकेट लिए।
यसअघि अफगानिस्तानका लागि असगर अफगान र नजिबउल्लाहले समान ४२-४२ रन बनाए। उनीहरू २ को मध्यम स्कोर मद्तमा अफगान टिमले २२८ रनको लक्ष्य पाकिस्तानसामू दिएको थियो।
पाकिस्तानकालागि शाहिन आफरीदीले ४ विकेट लिए। इमाद वसिमले पनि रहमत शाह (३५) र इकरम अली (२४) लाई आउट गरेर अफगान टिमलाई ठुलो स्कोरतर्फ जानबाट रोके।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।