मनोरञ्जन

प्रधानमन्त्रीलाई खुशी बनाउन फिल्म निर्माण गर्छन् बलिउडकर्मी, कसको पालामा कुन फिल्म?

असार १५, २०७६

    प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारीत फिल्म 'पिएम नरन्द्र मोदी' केहि महिनादेखि चर्चामा रहेको छ। 

    यस फिल्मको सफलतालाई लिएर पार्टी पनि गरिएको थियो तर यस फिल्मले दर्शकलाई भन्दा प्रधानमन्त्रीलाईत खुशी बनाउन फिल्म निर्माण गरिएको टिप्पणी सुनिन थालेको छ।  'पिएम नरन्द्र मोदी'  फिल्मले मात्र होइन अन्य फिल्मले समेत नरेन्द्र मोदीको कयौं योजना र कामको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समर्थन गर्ने फिल्म बनेका थिए। 'ट्वाइलेट एक प्रेम कथा, सुई धागा, उरी, एक्सिडेन्टल प्राइम मिनिस्टर, मेरे प्यारे प्रधानमन्त्रीलगायतका फिल्महरू प्रधानमन्त्री मोदीलाई खुशी बनाउने निर्माण भएको विश्लेषकहरू बताउँछन्।

    वर्तमान समयमा मात्र होइन बलिउडमा प्रधानमन्त्रीलाई खुशी बनाउन वर्षौ अघि देखी फिल्म निर्माण हुने गरेका छन्। मनमोहन सिंह, शास्त्री जी, पण्डित जवाहरलाल नेहरूलगायतलाई खुशी बनाउन फिल्म निर्माण भइरहेक थियो। जसको सुरूवात पण्डित जवाहरलाल नेहरू बाट भएको मानिन्छ।

    'उरी' फिल्मको सफलता अघि 'पीएम मोदी' चुस्त

    चलचित्रकर्मी उमङ्ग कुमारले "पिएम नरेन्द्र मोदी' फिल्म बनाउनु अघि 'सर्बजित' र 'मेरिकोम' जस्ता सफल बायोपिक बनाएका थिए। तर 'पीएम मोदी' बनाउदाँ उमङ्ग उत्साहित थिए। फिल्म उमङ्गले सोचे अनुसार उनको कामलाई खास्सै मन पराउने देखिएनन्। तर 'उरी' फिल्ममा भने दर्शकको रोजाइ उल्लेख्य रह्यो।

    भारतीय सेनाद्वारा पाकिस्तानमा गर्ने सर्जिकललाई 'उरी'मा देखाइएको थियो। जसमा विक्की कौशलको अभिनय छ।  २४४ करोड भारतीय रूपैयाँ  कमाएको थियो उरीले।  यस्तै मोदीको स्वच्छ भारत अभियानलाई साथ दिदैँ अभिनेता अक्षय कुमार र अभिनेत्री भूमी पेड्नेकर द्वारा अभिनित फिल्‍म 'ट्वाइलेट एक प्रेमकथा'ले भारतमा लगभग १३४ करोड कमाएको थियो। साथै अघिल्लो वर्ष वरुण धवन र अनुष्का शर्मा अभिनित फिल्म 'सुई धागा' ले करिब ७९ करोड कमाएको थियो।

    शास्त्री जी का सल्लाहमा बनेको थियो 'उपकार'

    सन् १९६७ मा निर्माण भएको फिल्म उपकारले पनि देशभक्तीको नयाँ धार निर्माण गर्यो। यसका निर्देशक हुन् मनोज कुमार। तत्कालिन प्रधानमन्त्री लालबहादुर शास्त्रीको नारा 'जय जवान जय किसान' मा आधारित यस फिल्म शास्त्रीकै सल्लाहमा निर्माण गरिएको थियो।

    जय बंगलादेश

    सन १९७१ मा जब भारतीय सैनिकले पाकिस्तान माथि जित हासिल गरेर बंगलादेशको स्थापना भयो। त्यसपश्चात आई एस जौहर ले फिल्म 'जय बंगलादेश' निर्माण गरे। यो फिल्म वास्तवमा बंगलनादेशको स्वतन्त्रताको विषयमा आधारित रहेको छ। तत्कालीन प्रधानमन्त्री इन्दिरा गांधीले स्वतन्त्रताका लागि पाकिस्तानविरूद्ध सेना उतारेकी थिइन्। फलस्वरूप बंगलादेशको स्थापना भएको थियो।

    बेनेगलले बनाए 'मंथन' र 'सुसमन'

    अघिल्लो वर्ष निर्माण भएको फिल्म "सुई धागा' प्रधानमन्त्री मोदीको 'मेक इन इंडिया' र 'स्किल इण्डिया'को अभियानमा आधारीत फिल्म हो। जसमा वरूण धवन र अनुष्का शर्मा अभिनय गरेका थिए। यस्तै फिल्म श्याम बेनेगलले पनि बनाएका थिए। तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको पालामा मंथन र राजिव गान्धीको पालमा 'सुसमन' निर्माण भएको थियो।

    मोरारजी देसाईकाे समयमा 'नसबन्दी'

    आईएस जौहर ले इन्दिरा गान्धीको बंग्लादेश स्वतन्त्र बनाउने कार्य को समर्थन गर्न 'जय बंगलादेश बनाएका थिए। तर जब भारतमा प्रधानमन्त्री मोरारजी देसाई बने, त्यसपश्चात सन् १९७८ मा उनै जौहरले फिल्म नसबन्दी बनाएर इन्दिरा गान्त्धीको विरोध गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]