समाज

सेती नदीमा डुब्दा बालकको मृत्यु

असार १५, २०७६

    कास्की : पौडी खेल्ने क्रममा डुबेर सेती नदीमा डुबेर एक बालकको ज्यान गएको छ। 

    तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
     
    केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका उनी साथीसँग पौडी खेल्न गएका थिए। तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ। बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र गोताखोरले टोलीले साँझ ८ बजे पोखरीबाट निकालेको प्रहरीको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]