काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
एजेन्सी : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा पाकिस्तानले छिमेकी अफगानिस्तानलाई ३ विकेटले हरायो। रोमाञ्चक भिडन्तपछि मैदानमा रोचक दृश्य देखियो।
अन्तिम ओभरमा पाकिस्तानले अफगानिस्तानलाई हराएपछि दुवै देशका समर्थक मैदानमा उत्रिएर एकापसमा भिडे। त्यसक्रममा अफगानिस्तानका एकजना खेलाडिमाथि पनि कुटपिट भयो।
यो पनि : विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ३ विकेटले पराजित
अफगानिस्तानी ब्याट्सम्यानमाथि भएको कुटपटिको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पिचमा उत्रिएका दुवै देशका समर्थकलाई आईसीसीका सुरक्षा गार्डले घेरेर राख्न हम्मे पर्यो।
Sore losers! #PAKvAFG #CWC19 pic.twitter.com/Ac3c3GOqyU
— Ali Salman Alvi (@alisalmanalvi) June 29, 2019
पाकिस्तानको जितपछि दौडिँदै समर्थकहरु पिचमा उत्रिएका थिए। सुरक्षादलका एक सदस्य समर्थकलाई रोक्न मैदानमा दौडिँदै नियन्त्रणमा लिन सके। तर यसबीचमा प्रशंसक र अफगानिस्तानका खेलाडीबीच धक्का-मुक्का भइसकेको थियो। यस क्रममा एकजना अफगानी खेलाडीको गर्दनमा चोट लागेको छ।
These Afghani’s need to be thrown out of the UK. Disgusting behaviour with Pakistan Cricket Team fans. #CWC19 #PAKvAFG pic.twitter.com/NbbxAbZfye
— Syed Raza Mehdi (@SyedRezaMehdi) June 29, 2019
स्टेडियममा पनि समर्थकहरु एकअर्कासँग भिडे। बोतल हानियो, कुर्सी पनि फ्याकियो। दुवै देशका समर्थक स्टेडियममै मुक्का हानाहानमा उत्रिए। यस क्रममा सुरक्षाको कुनै गुन्जायस त्यहाँ थिएन।
पाकिस्तान शनिवार आईसीसी विश्व कप-२०१९ को एकदमै रोमाञ्चक खेलमा अफगानिस्तानलाई तीन विकेटले हराएको थियो।अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले अन्तिम समयसम्म संघर्ष गरेर यो लक्ष्य ४९.३ ओभमा ७ विकेट गुमाउँदै भेट्टायो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।