काठमाडौं : ललितपुरको लुनिभा सेकेण्डरी स्कुलले दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। ललितपुर महानगरपालिका&ndash...
काठमाडौं : धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। लु१ख ९०७९ नम्बरको बस बा३ख १००४ र बा२ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा ३२ जना घाइते भएको र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृतक एकजना धादिङ महादेवस्थान गाउँपालिकाका २७ वर्षीय श्यामकुमार श्रेष्ठ रेहको र एकजनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यद्यपि,घटनाको विस्तृत विवरण आउन बाँकी छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।