स्वास्थ्य

विशेषज्ञ चिकित्सकमा ६३ प्रतिशत पास हुँदा नर्सिङमा ६५ प्रतिशत फेल

असार १५, २०७६

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलले पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका चिकित्सकहरुको नाम दर्ता विशेष परीक्षा (लाइसेन्स) को यो वर्षमा पहिलोपटक लिएको परीक्षामा  मा ६३ प्रतिशत उत्तीर्ण भएका छन्।

    नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान स्वयंम्भूमा शनिबार भएको विशेष परीक्षामा सहभागी ३४२ जनामध्ये २१७ जना उत्तीर्ण भएकामा १२५ जना अनुत्तीर्ण भएको काउन्सिल रजिष्ट्रार डा दिलीप शर्माले बताए।

    उनका अनुसार परीक्षाका लागि फारम भरेका ३ जना भने अनुपस्थित भए। परीक्षामा विभिन्न ३८ विषयमा पिजी उत्तीर्ण गरेका चिकित्सकहरु सहभागी थिए। रजिष्ट्रार डा शर्माले भने, 'यस वर्षको  यो पहिलो लाइसेन्स परीक्षा हो, यसपालि अघिल्लो वर्षहरुमा भन्दा धेरै विद्यार्थी पास भएका छन्।'

     काउन्सिलले एबिबिएस र पिपी अध्ययन गरेका विद्यार्थीहरुको लागि चार/चार महिनामा लाइसेन्स परीक्षा लिँदै आएको छ।

     नर्सिङको लाइसेन्समा ६५ प्रतिशत फेल

    यस्तै, नेपाल नर्सिङ परिषदले शनिबारै लिएको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। परिषदका अनुसार शनिबारको परीक्षामा स्टाफ नर्स र बिएस्सी नर्सिङ गरी १ हजार ५०१ जना सहभागी थिए। जसमा ५२६ जना अर्थात ३५ प्रतिशत मात्रै पास भएका छन् भने परीक्षामा १ जनाको नतिजा रोकिएको छ।

    यसपटकको परीक्षामा सहभागी हुनका लागि १ हजार ५२८ जनाले फारम भरेका थिए। तर, परीक्षाका बेला २७ जना गयल देखिए। नर्सिङतर्फ पनि स्वदेशमा अध्ययन गरेका भन्दा विदेशमा अध्ययन गरेकाहरु कम पास हुने विज्ञहरुले बताउँदै आएका छन्।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]