समाज

पीडित युवती सम्पर्कमा नआउँदा 'धर्ती माता'विरुद्ध मुद्दा कमजोर

File Photo
असार १५, २०७६

    काठमाडौं : भद्रकाली मन्दिर परिसरमा धर्ती माताको नाममा दुर्व्यवहार (कुटपिट) मा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ।

    दुर्व्यहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

    'युवती सम्पर्कमा आएको भए अर्कै मुद्दा चल्न सक्थ्यो, तर उनी नआएपछि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएका छौँ' प्रवक्ता वोगटीले भने। उनका अनुसार अझै पनि युवतीको खोजीकार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए अर्को मुद्दा दर्ता हुनसक्ने  बताए।

    यही असार ५ गते आफूलाई धर्तीमाता बताउने कुँवरले उपचारका नाममा काठमाडौंमा एक युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने उनलाई काठमाडौंको बालाजुबाट तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो। उनले यसअघि पनि पटकपटक उपचारको नाममा दुर्व्यवहार गर्दै आएको जानकारीमा आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले कुँवरका विरुद्धमा विभिन्न ठाउँबाट गुनासो आइरहेको जानकारी दिँदै उजुरीका आधारमा अन्य मुद्दा पनि चल्नसक्ने  बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]