पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
सर्लाही : सर्लाहीको बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झडपमा परी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
झडपमा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो।
सर्लाही र महोत्तरी भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए।
बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चौकमा शव ल्याएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले राजमार्ग खुलाउने क्रममा झडप भएको हो।
झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । घटनामा परी अर्का एकजना प्रदर्शनकारी पनि घाइते छन् । उनको परिचय खुलेको छैन्।
प्रदर्शनकारीबाट ढुङ्गा प्रहार हुँदा १३ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीतर्फ पनि केही घाइते भएका छन्। तर संख्या एकीन भएको छैन।
घाइते सुरक्षाकर्मीको लालबन्दी र हरिवनका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट १४ सेल अश्रु ग्याँस र करिव दुई दर्जन हवाई फायर गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।