पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आईतबार ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो। नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कूलपति के. के कर्माचार्यले बताए।
कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व संस्कृतिविद् जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला क्षेत्रको विकासमा जुटन ललितकलाकर्मीहरुलाई आग्रह गरे। उनले कलामा सौन्दर्य मात्र नभई मुलुकको समृद्धि, सभ्यता र संस्कृति पनि निहीत हुने भएकाले त्यसमा जोड दिएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
संस्कृतिविद् जोशीले कला क्षेत्रको विकासबाट मुलुकको राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिने स्मरण गराए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।