समाज

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

असार १५, २०७६

    कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणिमा आइतबार मोटरसाइल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु भएको छ।

    कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म १ प ७२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका ४ असैनाका २३ वर्षीय वीरेन्द्र रानाको मत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

    मोटरसाइकल अनियन्त्रित भइ सडक नजिकको पोलमा ठोक्किँदा सक्त घाइते भएका रानाको उपचारका लागि कैललाीको पदमा अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको उनले बताए।

    मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका राना समेत घाइते भएका छन। घाइते रानाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।
    मृतकको शव पाेष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]