मनोरञ्जन

'आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ छुट्याएको छैन'

सरकारले अनुमति मात्रै दिएको स्पष्टिकरण

असार १५, २०७६

    काठमाडौं :  नेपाल पर्यटन बोर्डले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आइफा) अवार्डका लागि सरकारले कुनै बजेट नछुटयाएको जनाएको छ। सरकारले कार्यक्रममा लागि अनुमति दिने निर्णय गरे पनि बजेट उपलब्ध गराउने निर्णय नगरेको बोर्डले स्पष्टिकरण दिएको छ।  

    बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अवार्ड आयोजनाका लागि अनुमति दिएपनि त्यसका लागि बजेट दिने कुनै निर्णय नगरेको प्रष्टयाए। 

    निजी क्षेत्रको सहकार्यमा हुने अवार्ड गर्न एक अर्ब बजेट दिन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट दिने कुनै निर्णय नगरेको प्रष्टयाएको हो। 

    प्रमुख कार्यकारी अधिकृत जोशीले कार्यक्रम आयोजनाका लागि करिब ४ सय मिलियन अमेरिकी डलर नेपालले व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको बताए। तर त्यसलाई बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले व्यहोर्नेबारे छलफल भइरहेको जानकारी दिए।

    बोर्डले अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ।अवार्ड आयोजनाबाट नेपाल र काठमाडौंको परिचय विश्वमाझ् पुग्ने पनि बोर्डले अपेक्षा गरेको छ। 

    बलिउडका ६ सय भन्दा धेरै कलाकार सहभागी हुने अवार्ड पर्यटन प्रवर्द्धनमा अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको जोशीले बताए।

    जोशीका अनुसार अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ। मन्त्रिपरिषद बैठकले अवार्डको आयोजकका रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ। काठमाडौं महानगरपालिकाले त्यसमा सह-आयोजकको भूमिका निर्वाह गर्नेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]