समाज

नारायणगढ–मुग्लिन सडकमा डोजरसहित प्रहरी परिचालन

File Photo
असार १५, २०७६

    चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा खस्ने पहिरो हटाउन चितवन प्रहरीले विशेष टोली खटाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीमा डोजर सहितको प्रहरी टोली खटिएका छन्।

    दुवै कार्यालयमा प्रहरी नायव निरीक्षकको कमाण्डमा ५–५ जनाको टोली तयारी अवस्थामा रहेको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। उनीहरूले सडकमा खसेको पहिरो डोजरसहित तत्काल पुगेर हटाएर बाटो सुचारु गराउने छ।

    यस्तै, कुनै पनि सडक दुर्घट्नामा परेकालाई तत्कालै उद्धार गर्ने जनाएको छ। वर्खाको समयमा पहिरोले बाटो अवरुद्ध हुन थालेपछि प्रहरीले सुरु गरेको यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ।

    सडक अवरोध हुँदा घण्टौँसम्म जाममा फस्दा हुने यात्रुको हैरानी कम हुने अपेक्षा गरिएको छ भने दुर्घटनाका पीडितलाई तत्काल उद्धार गर्न सहज हुने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]