स्वास्थ्य

डेंगुबाट झापामा एक बालकको मृत्यु, २७ जना संक्रमित

असार १५, २०७६

    भद्रपुर, (झापा) : लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ।

    डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेमा मोरङ मंगलबारे स्थायी घर भएका बालक कमल गाउँपालिका ४ स्थित मामा घरमा बस्दै आएका १४ वर्षीया बालक रिजेन राई रहेको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए। उनका अनुसार मामा घरमै बसेर फोनिक्स अंग्रेजी विद्यालय कमलमा कक्षा ९ मा अध्ययनरत बालक राईको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो।

    बुधबारदेखि बिरामी परेका बालक राईलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र विपीमा उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि विराट नर्सिङ अस्पताल विराटनगर लैजाँदै गरेको अवस्थामा उनको बाटैमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए।

    ‘बालकको डेंगुको सङ्क्रमणबाटै मृत्यु भएको हो',स्वास्थ्य शाखा प्रमुख मिश्रले भने, ‘विस्तृत रूपमा रिपोर्ट हेरेपछि यस विषयमा थप कुरा बोल्न मिल्छ।’ प्रदेश एकको सुनसरीको धरानबाट फैलिएको डेंगुको सङ्क्रमणबाट झापामा हालसम्म २७ जना बिरामी फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

    डेंगुको सङ्क्रमण फैलिन नदिन झापाका १५ वटै स्थानीय तहमा औषधि छर्नेदेखि जनचेतनामूलक कार्यक्रम हुँदै आइरहेको छ। सन् २०१२ मा झापाको काँकडभिट्टामा देखा परेको डेंगु रोगको सङ्क्रमणका कारण यस अघि झापामा तीन जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]