समाज

सिंजाका २२ विद्यालयमा शिक्षकले लगाए ताला

असार १६, २०७६

    जुम्ला : सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा शिक्षकहरूले तालाबन्दी  गरेका छन्। तलब नपाएको भन्दै निजी शिक्षकहरूले आइतबार विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

    गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए।  

    उनले भने ‘तलब उपलब्ध गराउन २२ वटै विद्यालयका शिक्षकहरूले व्यवस्थापन समितिलाई असार ११ गतेसम्मको  अल्टिमेटम दिएका थियौँ। अटेर गरेपछि आइतबार अनिश्चितकालिन ताला लगायौँ।’ 

    सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले भने निजी शिक्षकको तलबसम्बन्धी विषय आफूहरूको सरोकार नरहेको प्रतिक्रिया दिए। विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगरी वार्ताबाटै समाधान खोज्न उनले सुझाव दिए।

    सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्याको समाधान खोज्नुपर्ने रावलको भनाइ छ। 

    आन्दोलनमा उत्रिएका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म ताला नखोल्ने बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]