समाज

थाइल्याण्डमा नेपालका आदिवासी जनजाति भाषाबारे अन्तर्क्रिया

असार १६, २०७६

    काठमाडौं । आदिवासी जनजातिका भाषाहरुलाई संरक्षण गर्दै विश्वव्यापी बनाउने अभियानअन्तर्गत थाइल्याण्ड कार्यक्रम भएको छ।

    बैंककस्थित एसुम्सन युनिभर्सिटीमा आइतबार भएको  ‘विश्वव्यापी क्याम्पेन’को पहिलो कार्यक्रममा नेपालका आदिवासी जनजातिहरुका लोप हुन लागेका भाषाको संंरक्षण, संवर्द्धनबारे छलफल भएको छ। कार्यक्रमा सजिलो न्युजले निर्माण गरेको लिम्बु भाषाको अनलाइन डिक्सनरीबारे सजिलो न्युज एण्ड मिडियाका प्रमुख गुमानसिंह लिङ्देनले जनाकारी दिएका थिए। उनले उक्त योजनामा अन्य जातिको भाषालाई पनि समावेश गरी गर्दै लैजाने बताए।

    कार्यक्रमलाई गैरआवसीय नेपाली संघका सल्लाहकार प्रध्यापक भारती लिम्बुनीले यस्ता अभियानले टुटेकाहरुलाई पुनः जोड्ने बताइन्। थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपालमा रहेका भाषा, संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]