अर्थ : कर्पोरेट

कैलालीको अत्तरियामा सनराइजको नयाँ शाखा

असार १६, २०७६

    काठमाडौँः सनराइइज बैंकले कैलालीको गोदावरीमा नयाँ शाखा खोलेको छ । बैंकले गोदावरीस्थित अत्तरियामा ११० औँ शाखा सञ्चालनमा ल्याएको हो। 
    आइतबार गोदावरीे नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उद्घाटन गरे। 

    पनौती शाखा पनि सुरू

    आइतवारै बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भीम न्यौपानेले गरे। उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य ओमकृष्ण जोशी र  बच्छराज तातेड उपस्थित थिए।

    बैंकले यही शनिबार डडेलधुराको गन्यापधुरा– ३ मा ३६ औ शाखारहित बैंकिङ्गको उद्घाटन गरेको थियो। शाखारहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्ष चक्रबहादुर देउवाले उद्घाटन गरे।

    हालसम्म बैंकको शाखा संख्या ११० पुगेको छ । बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा एटिएममार्फ्त आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]