पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
सिन्धुपाल्चोक : चौतारा साँगचोकगढी नगरपालिका १४ मा रहेको श्रीछाप सामुदायिक वन जिल्लाकै नमुना बनेको छ। यो वनसँग २ सय ६९ घरधुरी आश्रित छन्।
गत वर्ष सामुदायिक वनमा रहेको रुख बेचेर आम्दानी भएको १३ लाख ५० हजार रुपैयाँ स्थानीयको जिविकोपार्जनमा लगानी गरिएको वन उपभोक्ता समितिकी अध्यक्ष दयालक्ष्मी श्रेष्ठले बताइन्।
सामुदायिक वनको तर्फबाट २५ जनाको जग्गा पहिचान गरेर पहिलो चरणमा किम्बुको खेती गरेर रेशम उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताइन्। यसका लागि दुई लाख १० हजार बजेट समेत छुट्याएको छ।
सामुदायिक वनको आम्दानीबाट जिविकोपार्जन सुधारको लागि अनुदान तथा व्यावसायिक तरकारी खेती गर्न ४० जनालाई तालिम समेत दिएको छ। ‘यो वर्ष वनमा वृक्षारोपण गर्नुअघि रुख काटिएको छ। त्यो स्थानीयको माग अनुसार वितरण गरिनेछ र बाँकी रुख बेचेपछि स्थानीयकै जिविकोपार्जनमा सहज तुल्याउन लगानी गर्ने योजनामा जुटेका छौँ’, उनले भनिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।