समाज

जीप दुर्घटनामा पाँचजना घाइते, तीनको अवस्था गम्भीर

असार १६, २०७६

    रुकुमपूर्व : रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जिप गएराति सिस्ने गाउँपालिका–६ को पाखा गाउँमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ।  

    दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम ९पश्चिम० का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० का प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए। 

    त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छिन्। गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन्। घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको छ। 

    जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम पश्चिम का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]