राजनीति

प्रधानमन्त्रीको प्रश्न- निजी क्षेत्रले उडाउन सक्ने विमान वायु सेवा निगमले किन सक्दैन?

असार १६, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन्। ३७ अर्ब रुपैयाँ घाटामा रहेको निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको उनको भनाइ छ।

    निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल निगमको समग्र काम कारवाहीमा सुधार नभए त्यसका सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न सरकार बाध्य हुने प्रष्टीकरण दिए। ‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु प¥यो, नभए सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान निगमले किन चलाउन सक्दैन ?’

    प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा आपत्ति जनाए । उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । 

    प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराए । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]