खेलकुद

४० वर्षपछि एक अर्काविरुद्ध भिड्दै श्रीलंका-वेस्ट इंडिज

असार १६, २०७६

    विश्वकपको ३९ औं खेलमा आज श्रीलंका र वेस्ट इंडिज प्रतिष्पर्धा गर्दै छन्। प्रतियोगिताबाट बाहिरिसकेका दुबै टिमका लागि यो खेल प्रतिष्ठाका रुपमा रहने छन्।

    यी दुई टिम इंग्ल्यान्डको मैदानमा तेस्रो पटक आमुन्ने सामुन्ने हुने छन्। जसमा वेस्टइंडिजले एक खेलमा जित निकालेको छ। एक खेल रद्ध भएको थियो। विश्वकपमा १९७९ मा पछिल्लो पटक वर्षाले खेल रद्ध भएको थियो। चेस्टरले स्ट्रिटमा विश्वकपको यो दोस्रो खेल हो। यहि मैदानमा श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल भएको थियो।

    अंक तालिकामा श्रीलंका ७ औं नम्बरमा रहेको छ। वेस्टइंडिज नवौं नम्बरमा रहेको छ। श्रीलंकाले ७ खेलमा ६ अंक रहेको छ। उसले दुई खेलमा जित निकालेको छ। उसको दुई खेल वर्षाले अवरुद्ध भएको थियो। वेस्टइंडिजको टिमले भने ७ खेलमा एकमात्र जित निकालेको छ। उसले पाँच खेलमा पराजित हुनु परेको थियो।

    यी दुई टिमबीच समग्रमा ५६ खेल भएको छ। जसमा वेस्टइंडिजले २८ खेलमा जित निकालेको थियो। श्रीलंकाले २५ खेलमा सफलता हात पारेको छ। ३ खेल नतिजाविहीन भएको थियो।

    विशवकपमा अहिलेसम्म यी दुई टिमबीच ८ पटक प्रतिष्पर्धा भएको थियो। जसमा वेस्टइंडिजले ४ खेलमा जित निकालेको थियो। त्यस्तै श्रीलंका ३ खेलमा जित निकालेको थियो। एक खेल नतिजाविहीन भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]