समाज : सुरक्षा/अपराध

यातायात कार्यालय परिषरबाट ३ बिचौलिया पक्राउ

file Photo
असार १८, २०७६

    पर्सा : कार्यालयमा लाग्ने दस्तुरभन्दा सेवाग्राहीसँग बढी रकम लिई बिचौलियाको काम गर्ने तीन अभियुक्तलाई पर्सा प्रहरीले यातायात व्यवस्था कार्यालय परिषरबाट पक्राउ गरेको छ। कार्यालयमा लाग्ने आवश्यक दस्तुरभन्दा बढी रकम लिई बिचौलियाको काम गर्दै आएका तीन अभियुक्तलाई पर्सा प्रहरीले बुधबार मध्यान्ह पक्राउ गरेको हो।

    पर्सा प्रहरीलाई आएको सुक्ष्म सूचनालाई पछ्याउँदै जाँदा शंकास्पद अवस्थाका तीन अभियुक्त भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। 'पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको छ' उनले भने। 

    प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवाका २० वर्षीय विनय कुमार गुप्ता, १८ वर्षीय शिवशम्भु यादव र बारा जिल्ला घर भई हाल लक्ष्मनवामा नै बस्दै आएका २० वर्षीय श्याम सुन्दर साह रहेको पर्सा प्रहरीले जनाएको छ।

    बिचौलियको काम गरिरहेका अभियुक्तलाई कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक शर्माले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]