समाज

काठमाडौं महानगरभित्र रात्रिकालीन बस सेवा अनिश्चित

असार १८, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सवारी तथा यातायात व्यवस्थापन ऐन,२०७५ सार्वजनिक गरेसँगै महानगरभित्र राति १० बजेसम्म सार्वजनिक सवारी साधन चलाउनुपर्ने परिस्थिति सिर्जना भएको छ। महानगरको स्थानीय राजपत्रमा सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐनमा नै त्यस्तो व्यवस्था उल्लेख गरिएको छ।

    फागुनदेखि असोजसम्म बिहान ५ बजेदेखि राति १० बजेसम्म र कात्तिकदेखि माघ मसान्तसम्म राति ९ बजेसम्म सार्वजनिक सवारी साधन संचालन गर्नुपर्ने ऐनमा उल्लेख भएको छ। त्यस्तै, महानगरमा चल्ने सम्पूर्ण सार्वजनिक यातायातले यात्रुलाई अनिवार्य टिकट दिनुपर्नेछ। सोही ऐनमा महानगरभित्र रुट कायम भएका सार्वजनिक यातायातले यात्रुलाई बस बिसौनी वा सवारी साधन चढेलगत्तै निर्धारित भाडा तिरी टिकट दिनुपर्ने उल्लेख गरिएको छ।

    राति १० बजेसम्म चल्ने समयको मिति भने तय भइनसकेको महागरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। 'महानगरले साझा यातायातलाई २० वटा गाडी नयाँ दिएको छ। चाँडै नै महानगरले यस विषयमा निर्णय गर्नेछ। विद्युतीय गाडी भित्रिएपछि चलाउन सक्नेछ' उनले भने। 

    गाडी पर्याप्त नभएकोले अहिले चलाउन नसकेको प्रवक्ता डंगोलले बताए। 'महानगरले चाँडै रात्रिकालीन गाडी सञ्चालन गर्ने छ। यसका लागि महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन,२०७५ सार्वजनिक गरिसकेको छ', उनले भने।

    उनका अनुसार सार्वजनिक यातायातले यात्रुको सहजताको लागि दैनिक, साप्ताहिक, मासिक, तथा वार्षिक रूपमा मान्य हुने टिकटहरू जारी गर्नुपर्ने छ। बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहीद परिवारका सदस्यलाई छुटसहितको टिकट प्रदान गर्नुपर्नेछ।

    यात्रुलाई दिइने टिकटमा धूमपान, मद्यपान, सुर्तिजन्य पदार्थ, अश्लील सामग्री तथा सार्वजनिक हीतविपरीत हुने सामग्रीको विज्ञापन गर्न भने पाइने छैन। यसो गरेको खण्डमा कसुर गर्ने संस्था वा कम्पनीलाई पहिलो पटकको लागि १ हजार, दोस्रो पटक २ हजार र त्यसपछि प्रत्येक पटक ५ हजार जरिवाना हुने राजपत्रमा उल्लेख छ। कार्यपालिकाले यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियम, निर्देशिका र मापदण्ड बनाउनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]