विश्व

राहुल गान्धीले भने : म पार्टी अध्यक्ष रहिनँ

file Photo
असार १८, २०७६

    भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिइसकेकाले आफू अब पार्टी अध्यक्ष नरहेको बताएका छन्। 'म पार्टीलाई मेरो राजीनामाबारे यथाशीघ्र निर्णय गर्दै अर्को अध्यक्षको टुगो लगाउन अनुरोध गर्छु', उनले भने।

    पार्टी कहिलेसम्म अनिर्णित अवस्थामा रहन्छ भनी पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा बुधबार उनले यस्तो बताएका हुन्। 'मैले राजीनामा दिइसकेकाले नेतृत्व छान्ने प्रकृयामा मेरो भूमिका रहनेछैन', उनले भने, 'कांग्रेसको इमान्दार सिपाहीका रुपमा मेरो क्रियाशीलता भने कायम रहनेछ।'

    पछिल्लो लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार बेहोरेपछि उनले राजीनामा दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]