राजनीति

आधुनिक प्रविधिले आयुर्वेदको महत्त्व कम : सभामुख महरा

असार १८, २०७६

    दाङ : प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले नेपालमा आयुर्वेदको इतिहास महत्त्वपुर्ण रहेको बताएका छन्। बुधबार दाङको तुलसीपुरमा राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङको आयोजना गरेको आयुर्वेदसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताएका हुन्।

    'विगतमा कुनै चोट पटक अथवा बिरामी हुँदाको उपचार स्थानीय जडीबुटीबाट नै गर्ने प्रचलन थियो, त्यो अहिले पनि कतिपय मानिसले प्रयोग गर्दछन्', उनले भने, 'तर आधुनिक प्रविधि आइसकेपछि पछिल्नो समयमा आयुर्वेदको महत्व कम हुँदै गएको छ।'

    प्राचिन उपचारको विधि अझै पनि गाउँघरमा हुने गरेको उनले बताए। नेपाल प्राकृतिक स्रोतको धेरै सम्भावना भएको देश भएकाले यसको स्थानीय स्तरबाट संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आवश्यक रहेको समेत बताए। साथै उनले कीर्तिपुरमा अत्याधुनिक आयुवेद अनुसन्धान केन्द्र, तालिम केन्द्र स्थापना गरिएको समेत बताए। । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सभामुख महराले अर्को प्रसंगमा बोल्दै जनताको मर्म र भावनाअनुसार सरकारले विकास गर्नका लागि मोडेल तयार पार्नुपर्ने बताए। त्यसमा नेपाल सरकारको मात्रै लगानी नभएर जनताको श्रम, योगदान र अन्तर्राष्ट्रिय सहयोगमा विकासले ठूलो फड्को मार्ने बताए।

    त्यसैगरी कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्यमा सबैको पहुँचमा पुर्‍याउनका लागि अभियान सञ्चालन गरेर नगरका १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बताए। उनले उपमहानगर क्षेत्रमा रहेका राप्ती प्रादेशिक अस्पताल, आँखा अस्पताल, राप्ती र क्षेत्रीय आयुर्वेद अस्पताललगायत सम्पूर्ण अस्पताल र नीजि स्वास्थ्य संस्थासंग समन्वय गरी तुलसीपुरलाई स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकास गर्ने गरी योजना अघि बढाएको समेत बताए।

    दाङ जिल्लामा प्रादेशिक आयुर्वेद अस्पताल रहेको छ । तर, जिल्लाका १० स्थानीय तहमध्ये ६ वटामा भने आयुर्वेद औषधालय छैनन्। घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा आयुर्वेद चिकित्सा सेवा नभएको राप्ती आयुर्वेद चिकित्सालय निमित्त प्रमुख डाक्टर आश्मा केसीले बताइन्। तुलसीपुरमा २ वटा चिकित्सालय र बंगलाचुली, राजपुर र गढवामा औषधालयवाट सेवा दिँदै आएको उनले बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]