अर्थ

चार्टर्ड एकाउन्टेन्टका विद्यार्थीहरु आन्दोलित

भारतीयलाई संस्थागत प्रवेश दिएको आरोप

असार १८, २०७६

    काठमाडौं :  नेपाली चार्टर्ड एकाउन्टेन्ट र  त्यो विषयका विद्यार्थीहरु आन्दोलित भएका छन्। भारतीय चार्टर्ड एकाउन्टेन्टहरुलाई नेपालमा संस्थागत प्रवेश दिन थालिएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका छन्। 

    विद्यार्थीहरुले भारतीय सीएहरुलाई नेपालको आइक्यान तथा काउन्सिलको जिम्मेवार पदमा प्रवेश गराउन सकिने गरी गरी दि्वपक्षीय सम्झाैता हुन लागेको भन्दै विरोधमा उत्रन परेको गुनासो गरेका छन्। 

    नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनकी अध्यक्ष प्रगति भुवाईले भारतको चाटर्ड एकाउन्टेन्टहरुको संस्था आइसिएआईसँग नेपालको आईक्यानले गर्न लागेको सम्झौता नेपाली चाटर्ड एकाउन्टेन्ट र विद्यार्थीहरुका लागि स्वीकार्य नहुने बताइन्।

    आइक्यान र आइसिएआई बीच हुने एमआरए काउन्सिलबाट पास भइकसकेको विद्यार्थीको दाबी छ। विरोधका बीच पनि म्यचुअल रिकग्निसन एगि्रमेन्ट (एमआरए)को विवावित मस्यौदा काउन्सिलबाट पास भएपछि आन्दोलित हुनु परेको विद्यार्थीले बताएका छन्। 

    यो एमआरएमा आईक्यानका सिएहरुले भारतमा भारतीय कानुन र भारतीय कर विषयको परिक्षा दिएपछि आइसिएआईको सदस्य हुन पाउने र भारतबाट सीए पास गरेकाहरुले पनि नेपालमा नेपाली कानून र नेपाली करको परीक्षा दिएर आइक्यानको सदस्यता लिन पाउने व्यवस्था गरिएको जनाइएको छ। 

    विद्यार्थीहरुले भारतमा नेपाली चाटर्ड एकाउन्टेन्टहरुलाई मान्यता नदिने अवस्था कायमै राखेर भारतीयलाई नेपालमा खुला नीति अनुरुपको वैधानिकता दिन खोज्नु लाजमर्दो भएको दाबी गरेका छन्। 

    आन्दोलनका बीच नै विद्यार्थीहरूले आइक्या प्रतिनिधीहरूलाई आफ्ना मागहरूका ध्याकर्षण गराएका छन्। आइक्यानका प्रतिनिधिहरूले छुट्टै समिति बनाएर समस्या समधानको प्रयास गर्ने प्रतिवद्धता आएको विद्यार्थीले बताए। 

    यस्ता छन् विद्यार्थीका माग

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]