इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन्। सिरियामा रह...
फिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९०औँ जन्मोत्सवका अवसरमा आयोजित भोजमा सहभागी ८० जना बिरामी भएका छन्।
राजधानी मनिलादेखि नजिकै रहेको पासिग सहरमा भएको भोजमा सहभागी भएकामध्ये केहीलाई पेटसम्बन्धी समस्या र बान्ता भइरहने समस्या भएको अधिकारीहरूले जनाएका छन्।
प्रारम्भिक अनुसन्धानले भोजमा राखिएको कतिपय खाद्यपदार्थमा विषाक्त चिज रहेकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिएको पासिग सहरका प्रहरी प्रमुख रिजालिटो गापासले जानकारी दिए।
उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएका पनि बताए। बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।