अर्थ

विश्‍व व्यापार संगठनको सिद्धान्त बाहिर नजान सरकारलाई चेम्बरको आग्रह

असार १९, २०७६

    काठमाडौं : नेपाल चेम्बर अफ कमर्शले विश्‍व व्यापार संगठन (डव्लुटिओ) को सिद्धान्‍त बाहिर नजानको लागि सरकारको ध्याकर्षण गराएको छ। विद्यमान आर्थिक क्षेत्रमा देखिएका समस्या तथा निजी क्षेत्रसँग सम्बन्धित विषयमा अर्थमन्त्रालयका सचिवहरूलाई ध्याकर्षण गराएको हो। 

    चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले डब्लुटिओको सिद्धान्त बाहिर गएर व्यापार नीति अपनाउन नहुने बताए। उनलेले सम्पत्ति शुद्धिकरणका विषयमा सरकारको नीति उद्योगी व्यवसायी तर्साउने खालको भएको भन्दै भ्रष्टाचार तथा अनियमितालाई मात्रै समावेश गर्ने खालको नीति अपनाउनुपर्ने बताए। 

    अर्थसचिव डा. राजन खनालले भन्सार सुधारमा सरकार केन्द्रित भएको बताए। तरकारी फलफूल भन्सारमा रोकिएको सम्बन्धमा सरकारी निकायहरुबीच बुझाइको अभावले केहि समस्या भए पनि छिटै सल्ट्याउने गरी छलफल भएको बताए। राजस्व सचिव लालशंकर घिमिरेले राजस्व परामर्श समितिको सुझाब प्रभावकारी नदेखिएकोले यसलाई छुट्टैबोर्ड बनाएर काम गर्ने सरकारले नीति अपनाईसकेको जानकारी गराए। यसले निजी क्षेत्रको राय समेत आगामी दिनमा समेट्ने उनले किताबमा १० प्रतिशत भन्सार करको प्रयोग विदेशमा समेत रहेको र नेपालले न्यूनतम कर मात्रै लगाएको दाबी गरे। 

    नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले ढुवानीमा भ्याटको सट्टा सेवा कर लगाउँन सरकारलाई सुझाव दिए। उनले प्यान नम्बर लिनुपर्ने सम्बन्धमा सबै कामदारलाई सम्भव नभएको जानकारी दिदै चेम्बर अफ कमर्श सकारात्मक रहँदा रहँदै पनि भारतबाट मजदुर आउने तथा सबै नेपालीको पनि नागरिताको समस्या रहेको उल्लेख  गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]