समाज

एनजिओमाथि लगाम कस्दै सरकार, अर्थमन्त्री भन्छन् : तीनै तहमा अनुमति अनिवार्य

असार १९, २०७६

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको स्पष्ट पारेका छन्। 

    बिहीबारबाट ललितपुरमा सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशीया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गैससलाई जवादेही बनाउन अनिवार्य अनुमतिको व्यवस्था गरिएको जानकारी दिए।

    अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पारेका छन्। 

    संघीयतालाई सफल बनाउन तीनै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि बताए। अर्थमन्त्री खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएकाले सफल बनाउन सरकार लागिरहेको उल्लेख गरे। 

    खतिवडाले संघीयतालाई सफल बनाउनैका लागि प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले काम गर्न पाउने नीतिगत व्यवस्था गरेको पुन: स्मरण गराए।

    खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने बताए। 

    दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एसियाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पुर्‍याउने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]