खेलकुद

के मेसी अर्जेन्टिनाका लागि असफल भएका हुन् ?

असार १९, २०७६

    लियोनेल मेसी एकपटक पुनः आफ्नो देशलाई उपाधि दिलाउनबाट चुके। बुधबार कोपा अमेरिका फुटबलको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि मेसीमाथि फेरि एकपटक विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ। मेसी फेरि एकपटक क्लबको हिरो तर देशका लागि चाहीँ सधैँ कमजोर रहेको भन्ने आलोचकको भनाईलाई मद्दत पुगेको छ।

    १५ वर्षे फुटबल करिअरमा उनले बार्सिलोनालाई ३४ उपाधि दिलाए। जहाँ अर्जेन्टिनाका लागि उनले १ मात्र उपाधि दिलाउन सकेका छन्र। क्लब र देशबाट खेल्दा उनले प्रतिखेल गोल गर्दा र गोलका लागि असिस्ट गर्दाको अन्तर पनि बढ्दै गएको छ। बार्सिलोनमा खेल्दा मेसीको गोल रेसियो ०.८८ रहँदा अर्जेन्टिनामा उनको गोल रेसियो ०.५० रहेको छ। अर्थात् उनले बार्सिलोनामा हेरक १० खेलमा ९ गोल गर्ने गरेका छन्। जबकि उनले देशका लागि १० खेलमा ५ गोल गर्ने गरेका छन्। त्यसैले मेसीको बार्सिलोनाको जित प्रतिशत ७१ रहँदा अर्जेन्टिनाको ५९ रहेको छ।

    बार्सिलोनालाई ३४ अर्जेन्टिनालाई १ उपाधि

    मेसीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका छन्। यो १५ वर्षमा उनले आफ्नो क्लबलाई ३४ उपाधि दिलाए। उनले लालिगामा १० उपाधि दिलाउँदा, ४ चयाम्पियन्स लिग र ६ कोपा डेल रे सर्वाधिक प्रतिष्ठित उपाधिका रूपमा रहेका छन्।

    त्यस्तै, बार्सिलोना ३ पटक क्लब विश्वकप, ३ पटक युरोपियन सुपर कप र ८ पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भएको छ। अर्जेन्टिनाका लागि २००५ मा डेब्यु गरेका मेसीले १४ वर्ष केवल एकमात्र उपाधि दिलाउन सफल भएका छन्। २००८ मा बेइजिङमा भएको ओलम्पिक खेलमा अर्जेन्टिना च्याम्पियन बनेको थियो।

    यो वर्ष पनि उही लय

    यो वर्ष पनि मेसीको लय सानदार छ। उनले बार्सिलोनाबाट ३० खेल खेल्दा ३० गोल गरे। अर्थात् औसतमा हरेक खेलमा उनले एक गोल गरे। यी ३० खेलमा बार्सिलोना २२ खेलमा जित निकाल्न सफल हुँदा केवल २ खेलमात्रै पराति भएको छ। अर्थात् बार्सिलोना मेसीको प्रेरणादायी प्रदर्शनमा ७३ प्रतिशत खेल जित्न सफल भएको छ।

    जबकि अर्जेन्टिनाका लागि उनले ७ खेलमा ३ गोलमात्र गरेका छन्। अर्थात गोल औसत ०.५० भन्दा पनि कम छ। यो वर्ष उनको टिमको जित प्रतिशत पनि ५० मात्रै रह्यो। अर्जेन्टिना ३ खेलमा जित निकाल्दा ३ खेलमा पराजित भयो।

    के मेसी असफल हुन् ?

    उनको देशका लागि गरेको प्रदर्शनलाई आधार मान्ने हो भने अझै पनि उनी अन्य खेलाडीभन्दा निकै अघि छन्। तर, फुटबलमा कुनै एक खेलाडीकै प्रदर्शन सर्वोपरि हुन्न। तर पनि मेसीले अर्जेन्टिनाका लागि जे गरेका छन्, सिंगो देशले त्यसको फाइदा उठाउन सकिरहेको छैन्। अझभन्दा अर्जेन्टिनाले मेसी जस्तो जादुमयी खेलाडीको प्रयोग गर्न नसक्दा इतिहासकै स्वर्णीम ऐराहरू बेपर्वाह गुजारी रहेको छ।

    सन् २०१४ को विश्वकप फाइनल, २०१५ को कोपा अमेरिका कप, २०१६ को कोपा अमेरिका शतवार्षिकी फुटबल प्रतियोगिता र मेसीले फाइनल पुर्‍याएका विश्वस्तरीय प्रतियोगिता हुन्। तर, लिजेन्ड मेसीले अर्जेन्टिनालाई उपाधि दिलाउन नसकिरहे पनि उनले गरेको प्रदर्शनलाई सायदै अर्जेन्टिनाले बिर्सने छ। फेरि एकपटक मेसीले देशका नाममा आँशु बगाउँदै गर्दा त्यसको मूल्य केवल मेसीलाई मात्रै थाहा छ। सायद अर्जेन्टिनालाई होला।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]