समाज

सुडान घोटालामा दोषी पूर्वआइजीपी ठकुरी सर्वोच्च अदालतमा

असार १९, २०७६

    काठमाडौं :  बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) रमेशचन्द्र  ठकुरी  सर्वाेच्च अदालतमा उपस्थित भएका छन्। उनी आफ्नो निवेदन लिएर सर्वोच्च पुगेको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी गराए। 

    उनको निवेदन अनुसारको सुविधा दिन मिल्ने वा नमिल्ने भन्ने विषयमा छलफल चलेको छ। उनले बाहिर बसेर पुनारावेदन गर्न पाउनुपर्ने माग गरकेा छन्। 

    संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएकाे सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुईजना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीनजनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]