काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिविमा ७ हजार ६७४ जना कर्मचारी रहेको जनाएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरा...
काठमाडौं : बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर नेपाल प्रहरी पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीलाई डिल्ली बजार कारागार चलान गरिएको छ। बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेलगत्तै ठकुरीलाई डिल्ली बजार कारागारमा जेल चलान गरिएको छ।
बिहीबार निवेदन लिएर सर्वाेच्च अदालत पुगेका उनलाई यसअघि नै फैसला भइसकेको सजाय कार्यान्वयनका लागि कारगारमा पठाइएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी गराए।
उनले आफ्नो निवेदनमा जेलमा नबसी जरिवाना भुक्तानी गरी पाऊँ भनी निवेदन दिएका थिए। तर निवेदन अस्वीकार सर्वोच्चले उनलाई जेल चलानका लागि पठाएको हो।
संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएकाे सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुईजना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीनजनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।