खेलकुद

राष्ट्रपति रनिङशिल्डमा जुत्ताविहीन खेलाडी

असार १९, २०७६

    जुम्ला : जुम्लामा बिहीबारबाट  जिल्लास्तरीय  ११ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ। गुठीचौर गाउँपालिका  र तातोपानी गाउँपालिकाबाहेक छवटा स्थानीय तहका विद्यालयले  प्रतियोगितामा भाग लिएका छन्। 

    तर, प्रतियोगितामा भाग लिएका कतिपय खेलाडीका खुट्टामा  जुत्ता छैनन्। जिल्ला स्तरीय ११औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगतामा  छवटा स्थानीय तहमा अध्यायनरत खेलाडीहरू मार्च पास गर्दैगर्दा कतिपयको खुट्टामा जुता थिएनन्। कतिपय चप्पलसँगै मार्चपास गर्दै गरेका देखिन्थे।

    प्रयाः गाउँपालिका तथा नगरपालिकाले बजेट छुट्याएका छन्। तर छु्ट्याएको बजेट सदुपयोग हुन सकेको छैन। खेलकुदका लागि छुट्याइएको बजेट खानपान तथा पार्टीमा सकिने गरेको जुम्लाका खेलाडीको गुनासो छ।

    जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिने एक चन्दननाथ नगरपालिकासहित छ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिका र सिजा गाउँपालिकाका खेलाडीको खुट्टामा जुता थिए भने बाँकी चन्दनाथ नगरपालिकासहित चार स्थानीय तहका  खेलाडीका खुट्टामा जुता थिएनन्।

    तिला गाउँपालिका ३ सरस्वती माध्यमिक विद्यालयबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन आएकी खेलाडी सिर्जना परियारले भनिन्, 'हामीलाई गाउँपालिकाबाट सहयोग भए/नभए बारेमा थाहा छैन। हामीहरूलाई आवश्यक पर्ने सामग्रीका विषयमा थाहा छैन। हामीसँग उपलब्ध भएको चप्पलसँगै प्रतियोगितामा भाग लिएका हौँ।'

    कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले स्थानीय तहले  राष्ट्रपति रनिङशिल्डजस्तो प्रतियोगिताका खेलाडीलाई व्यवस्थापन गर्न नसकेको बताए। उनले भने 'खेलाडीलाई प्रमाणपत्र दिएर मात्र  हुँदैन। खेलाडीका लागि चाहिने आवश्यक सेवासुविधाको व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब स्थानीय तहहरूले  प्रमाण र अबिर लगायर सम्मान गरेर पुग्दैन। खेलको न्यूनतम नियम पनि बुझ्न जरुरी छ।'

    जिल्लास्तरीय ११औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा  भलिबल, एथेलेटिक्स, कवडी, कराते, तेकान्दो, उस्सुलगायतका ६ प्रकारका खेल हुने छन्। उक्त प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुनेछ।

दिलमाया शाही

शाही थाहा खबरका जुम्ला समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]