साहित्य

मगरभाषा पढ्न पाउँदा विद्यार्थी खुशी,  शिक्षक समस्यामा

असार १९, २०७६

    दाङ :  नेपालमा धेरै जातजातिका भाषा, कला संस्कृति छन। तर पछिल्लो समय ती भाषा संस्कृति हराउँदै गएका छन। तिनै भाषा, संस्कृतिलाई संरक्षण गर्न  तुलसीपुर उपमहानगरपालिकाले यही असारको पहिलो हप्तादेखि जिल्ला मै मगर भाषा अध्यापन गराउन शुरु गरेको  छ।

    विद्यालयमा उक्त भाषा पढाउन शुरु भएपछि मगर र अन्य विद्यार्थी खुशी छन। नेपालभरि ३ प्रकारका मगर भाषा बोल्ने गरिन्छ। त्यस मध्ये उक्त विद्यालयमा ढुट भाषाको पढाई हुने गरेको छ। त्यस क्षेत्रमा बढी ढुड भाषा बोल्ने मगर समुदायहरू रहेकाले उक्त भाषा पढाउन शुरु गरेको  तुलसीपुर उपमहानगरपालिका १ वडा कार्यालयले जनाएको छ।

    पछिल्लो समयमा विभिन्न जातजातिले आफ्नो भाषा, कला र संस्कृति भुल्दै गएपछि त्यहाँ मगर समुदायले आफ्नो भाषा वडामा माग गरेपछि आफूहरूले यो भाषा पढाउनको लागि ब्यवस्थापन गरेको वडाअध्यक्ष लक्ष्मण भण्डारीले बताए। 'तुलसीपुर वडा १ मा करिव ४० प्रतिशत मगर समुदायको बसोबास छ', उनले भने,  'मगर समुदायबाट पनि आफ्नो भाषा संरक्षणका लागि वडामा माग आएको थियो। लक्षित समुदायको बजेटमार्फत हामीले यस विद्यालयमा भाषाकाे पढाई शुरु गरेका छौँ।' 

    उक्त भाषा सिक्नलाई विद्यार्थीले कुनै पनि शुल्न तिनु नर्ने उनले बताए। त्यसैगरी वीरेन्द्र माध्यामिक विद्यालय तुलसीपुर १ भमकेमा कक्षा ९ मा पढ्दै गरेकी रविना ठारामगरले विद्यालयमा आफ्नो भाषा सिक्न पाउँदा खुशी लागेको बताइन।

    घरमा हजुर बुवा-आमाले मात्र आफ्नो भाषा बोल्ने गरेता पनि बाँकी अरुले नेपाली भाषा बोल्दै आउनु भएको छ', उनले भनिन्। उनले यसरी विद्यालयमा आफ्नो भाषा सिक्न पाउँदा धेरै नै खुशी भएको बताइन।

    त्यस्तै कक्षा ९ मै अध्ययनरत विद्यार्थी जानकी ठारामगरले पनि आफ्नो भाषा विद्यालयमा सिक्न पाउँदा खुशी लागेको बताइन्। उनले भनिन्, 'म मेरो भाषा बोल्न र धेरै बुझ्न सक्दिन। अब विद्यालयमा यो भाषाको पढाई हुने भएपछि आफ्नो भाषाको बारेमा थाहा पाइने भइयाे।' तर पाठ्यपुस्तकको अभाव भएको उनले बताइन। अहिले कक्षा १ देखि ५ सम्मको लागि मात्र पाठ्यपुस्तक रहेछ त्यो भन्दामाथि नभएको कारण समस्या भएको उनले बताइन। विद्यालयमा मगरभाषाको पढाई विद्यालय समय मात्र हुने गर्दछ।

    कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई एउटै कक्षामा भाषा कितावको समस्या पढाउनुपर्ने शिक्षक हिमाल थापाले बताए। हामीले शिशु क्लासदेखि नै यो भाषा सिकाउने लक्ष्य लिइएको भए तापनि पाठ्यपुस्तकको समस्याले सबैलाई एउटै क्लासमा पढाउनु पर्ने बाध्यता रहेको उनले बताए।

    'सरकारले मगर भाषाको पाठ्युस्तक कक्षा १ देखि ५ सम्मका लागि मात्र बनाएको छ', उनले भने, 'तर हामीले कक्षा १२ सम्म अध्ययन गर्नेलाई भाषा सिकाउँदै आएका छौँ। त्यसैगरी मगर क्षेत्रको बाहुल्यता रहेको भमकेमा पछिल्लो पुस्तामा यो भाषा बोल्न जान्दैनन्',उनले भने, 'त्यसैले हाम्रो भाषा जोगाउनका लागि हामीले जिल्लामै पहिलो पटक यो भाषाको कक्षा शुरु गरेका छाैं।'

    भाषा सिक्नलाई मगर समुदायका विद्यार्थी मात्र नभई अन्य समुदायकालाई पनि सिकाउदै आएको उनले बताए। त्यसैगरी मगर भाषा पाठ्यपुस्तक र स्वरहरू ६ वटा छन्। नेपाली भाषा १३ वटा हुन्छन्', उनले बताए। त्यस्तै क, ख पनि नेपालीमा ३६ वटा भएतापनि मगर भाषा २६ वटा मात्र रहेको हुने उनले बताए।

    मगर समुदायमा काइके, खाम र ढुट गरेर ३ खालको भाषा भएतापनि आफूले ढुट भाषा सिकाउँदै आएको उनले बताए। त्यसैगरी सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत नविना खड्काले मगरभाषा पढ्न पाउँदा खुशी लागेको बताइन।

    उनले पछिल्लो समय अन्य जात जातिका भाषा मात्र नभई नेपाली भाषा पनि संकटमा पर्ने अवस्था आएको बताइन। यसरी मगर भाषा पढ्न पाउँदा हामी अन्य जातिका विद्यार्थी खुशी छौँ। तर शुरुमा पढ्दा आफूलाई केही समस्या भए तापनि हिजो-आज विस्तारै बुझ्दै गएको अर्का विद्यार्थी अर्जुन गिरीले बताए।

    हामी गैर मगरले मगर भाषा सिक्दा उनीहरू कला, संस्कृतिका बारेमा पनि थाहा पाउने सकिने भन्दै आफूले भाषा सिक्न लागेको बताए।

विकास डाँगी

डाँगी थाहा खबरका दाङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]