समाज

चोरी गरेको अभियोगमा पक्राउ

असार १९, २०७६

    मोरङ : विभिन्न धनमालसहित नगद चोरी गरेको अभियोगमा उर्लावारी नगरपालिका ३ मंगलaरे बस्ने २० वर्षीय सुनिल विकलाई प्रहरीले पक्राउ गरेकाे छ। सुनिललाईपथरी शनिश्चरे नगरपालिका १ स्थित लोकमार्गबाट बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हाे।

    असार १३ गते राति पथरी शनिश्चरे नगरपालिका २ स्थित त्रिभुज चोकस्थित घरमा राखेको नगद एक लाख ७२ हजार रुपैयाँ, मोबाइल २ थान, घडी १ थान र एनएमबी बैंकको चेक १ थान हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी अगाडि बढाएकाे थियाे। 

    पथरी शनिश्चरे नगरपालिका १ स्थित राजमार्गमा शंकास्पद रुपमा हिँडिरहेका सुनिलकाे साथबाट नगद ८७ हजार ७४० रुपैयाँ, सरिता लिम्बूको नाममा रहेको एनएमबी बैंकको चेक १ थान र मोबाइल १ थानसहित पक्राउ गरेको हो।

    पक्राउ परेका सुनिललाई चोरी तथा डाँकासम्बन्धी कसुर बमोजिम प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]