समाज

अर्घाखाँची जिप दुर्घटना, मृतक सवैकाे शनाखत

असार १९, २०७६

    अर्घाखाँची : ग‍ोरूसिङगे-सन्धिखर्क सडकखण्डको सितापुर सुपादेउराली मन्दिरनजिकै बिहीबार जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छभने १ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ। 

    दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान ३ धारापानीका जिप चालक ५५ वर्षीय सुमन्त भुसाल र मालारानी ३ गुनाखर्कका ३७ वर्षीय रूद्रप्रसाद भुसाल र सन्धिखर्क १२ का ६१ वर्षीय रणबहादुर दर्जी रहेका छन्।

    कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ५०० मिटर तल भिरबाट खसेर दुर्घटनाग्रस्त भएको थियाे। मृतककाे शव अहिले पोष्टमार्टका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ। घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाएइको छ।

    घाइते हुनेमा कपिलवस्तु बुद्धभूमि १ कि ४५ वर्षीय गोमा खड्का,अर्घाखाँची मालारानी ३ का देवप्रसाद भुसाल र ईश्वरीप्रसाद भुसालको सनाखतभएकाे छ भने अन्य घाइतेको नाम ठेगाना खुल्न सकेको छैन।

    उकालो सडकमा ओट राख्दा राख्दै दुर्घटना भएको यात्रुले बताएका छन्। ओट राख्न प्रयास गरेका यात्रु सकुशलै छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]